१५ बैशाख २०८१, शनिबार

आइतबार थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

corona insurance

नेपालमा आइतबार थप ३०३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप १४१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टीनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ वटा पिसिआर परिक्षण गरिएको छ ।