४ बैशाख २०८१, मंगलवार

नक्सामा लिम्पियाधुरा नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छः भीम रावल

BHIM RAWAL 12 20210330182219

नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित नक्सामा लिम्पियाधुरा लगायत भूभाग नसमेटिएकोमा आपत्ति जनाएका छन् ।

शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा नराखिनुको आशयबारे प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्ने बताए ।

‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रमको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’ उनले लेखेका छन् ।