fbpx
२९ बैशाख २०७८, बुधबार

टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त

नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ। ६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त गरेका हुन।

दल त्याग गरेर मन्त्री बनेका आङबुहाङको सांसद पद बिहीबार रिक्त भएको थियो। सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ।

पुनः नियुक्ति पाएका आङबुहाङलाई शुक्रबार साँझ साढे ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।