१४ बैशाख २०८१, शुक्रबार

बिहीबार थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

corona virus graph

नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको चारहजार ६ वटा पिसिआर परिक्षणका क्रममा थप ३३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ । त्यस्तै थप ७९ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुईलाख ७३ हजार ६०८ संक्रमित निको भएका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल दुई हजार ४ सय ५४ आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २३ लाख २ हजार १ सय ७३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।