१५ चैत्र २०८०, बिहीबार

नयाँ प्रकारको कोरोना भित्रिएपछि सुदूरपश्चिममा पहिलो संक्रमितको मृत्यु

dd2021 04 07 06 51 44

सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएको पुष्टि भएपछि पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो। 

अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन्।

उनकाअनुसार ती पुरुष २२ गते मात्र भारतको गुजरातबाट फर्किएका थिए । मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए । 

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा संक्रमण पुष्टि भएको थियो । 

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तीव्र बनेका बेला सुदूरपश्चिममा त्यहाँबाट फर्किनेहरुमा संक्रमण देखिन थालेको छ ।

दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिन सक्ने भएकाले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन्।