११ बैशाख २०८१, मंगलवार

लागूऔषध रोकथाम सम्बन्धी जनचेतान कार्यक्रम सम्पन्न

NARC 2 scaled

लागूऔषध रोकथाम तथा दुव्र्यसनी नियन्त्रणका क्षेत्रमा क्रियाशील नेपालको प्रतिष्ठित संस्था नार्कोनन् नेपालले जिल्ला प्रहरी कार्यालय दैलेखसंगको समन्वयमा सदरमुकाममा आज एक दिने जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नार्कोननका केन्द्रीय अध्यक्ष पूजा कुवँरले औषधिजन्य बस्तुको अधिक मात्रामा उपयोगले शरीर, मन मष्तिस्क र बानी व्यवहारमा पार्ने असर र गलत गरिरहेको थाहा पाएर पनि खराब बानी छोड्न नसक्ने दुर्व्यसनी रोकथामका उपाय र समुदायको दायित्व विषयमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा नार्कोननका निर्देशकद्वय आलोक शाह र पारु कुवँर, दुर्व्यसनी त्यागेर समुदायलाई सचेतना जगाउदै गरेका बिष्णु बस्यालले लागू औषध तथा दुर्व्यसनीमा युवाहरु फस्न सक्ने अवस्था, परिवेश र रोकथामका उपाय विषयमा प्रकाश पारेका थिए ।

त्यसबखत जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले युवा जगत कुलतमा फसेको कारण परिवार, समाज र राज्यको उन्नतिमामा पुर्‍याएको नोक्सानी र यसबाट बचाउन परिवार शिक्षा महत्व विषयमा चर्चा गरे ।