६ चैत्र २०८०, मंगलवार

कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त

gunfire

कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा सोमबार नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ ।

अपराह्न पाँच बजेतिर तस्कर र नेपाल प्रहरीबीच दोहोरो भिडन्त भएको हो । भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएका अपुष्ट खबर आएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जनाए । प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएको बताइएको छ । प्रहरीको कारबाहीपछि घाइतेसहित चार जना तस्करै भारततिर भागेका छन् ।

घटनास्थलबाट प्रहरीले एक राउण्ड नपड्काइएको र तीन राउण्ड फायर गरिएको गोली बरामद गरेको छ । तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको थापाले बताए ।

    सम्बन्धित समाचार...