३ कार्तिक २०७८, बुधबार

वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

Bharatpur Airport

वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ । वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् ।

भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिनुभयो । प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ ।

भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।