१२ बैशाख २०८१, बुधबार

विजय गच्छदार निलम्बित भइसके : संसद सचिवालय (विज्ञप्ति)

vijay

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट माघ २२ गतेदेखिनै स्वतः निलम्बित भएको संसद सचिवालयले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकै दिन भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम गच्छदार निलम्बन भएको सचिवालयले जनाएको हो ।

सचिवालयका सचिव गोपालनाथ योगीले शुक्रबार विज्ञप्ति जारी गरी अख्तियारले सचिवालाई पठाएको पत्र बिहीबार प्राप्त भएको जनाएका छन् ।

बालुवाटारमा ललिता निवास क्याम्प भित्रको सरकारी, सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि तत्कालीन मन्त्री गच्छदार सांसद पदबाट स्वतः निलम्बन भएका हुन् ।

press r 20200207121626