४ बैशाख २०८१, मंगलवार

एमालेमा लागेर मन्त्री बनेको १० दिनमा आङ्बुहाङको सांसद पद खोसियो

tanka angbohang 20210405134340

एमालेमा लागेर मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सांसद टङ्क आङ्बुहाङलाई पार्टीले कारबाही गरेको छ । पार्टी परित्याग गर्दै प्रदेश मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेकोमा उनले स्पष्टीकरण बुझाएका थिएनन् ।