१३ बैशाख २०८१, बिहीबार

जनकपुरधामका मनोज १५ वर्षदेखि भारतको पञ्जावमा बन्धक

manoj 750x375 1

कमाउनका लागि १० वर्षकै उमेरमा पञ्चाव पुगेका थिए– जनकपुरधाम उपमहानगरपालिका १२ का मनोज सदा । अहिले उनी २५ वर्षको भए । तर उनी जसको घरमा मजदुरी गर्छन्, ति व्यक्ति (मालिक)ले घर फर्किन दिएका छैन । सदाले पटक पटक भाग्ने प्रयास गरेपनि सफल भएन । घरको नम्वर उनीसँग छैन । त्यसैले पनि उनी आफ्ना परिवारको सम्पर्कमा आएनन् । दुईदिन अगाडी उनी जनकपुरका पत्रकार शम्भु मण्डलसँग सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफ् नो पीडा सुनाए ।

आईतवार पत्रकार पण्डितले उनको घर पुगेर आमा–बुवासँग सम्पर्क गराएका छन् । पत्रकार पण्डितले सदालाई पञ्चावमा बन्धक बनाएको भन्दै उद्धारमा सहयोग गर्न सामाजिक अभियन्ता सरोज रायसँग अनुरोध गरेका हुन् । अभियन्ता रायले सदालाई कानूनी प्रक्रिया पुरा गरी प्रशासनको सहयोगमा उद्धार गरी घर फर्काउने आश्वासन दिएको पत्रकार पण्डितले बताए । सदा भन्छन्, ‘गाउँकै साथीहरुसँग कमाउन पञ्जाव आएको थिए । उनीहरु फर्कियो । मलाई मालिकले घर फर्किन दिएन । न घरमा मोवाइल थियो, न मसँग । त्यही भएर अहिलेसम्म परिवारसँग पनि सम्पर्क भएको थिएन ।’उनले पञ्जाबको होसियरपुर जिल्ला र दशवा शहर दिजापटोली गाउका मालिकले बन्धक बनाएको बताएका छन् । उनी भन्छन्, ‘ मालिकले घरको हरेक काम गर्न लगाउँछन् । मलाई एक्लै घरबाट बाहिर निस्किन दिँदैन । मलाई उद्धार गर्नमा सहयोग गर्नुस् ।’ आइतवार उनले आफ्ना बुवा विन्देश्वर सदासँग कुरा गर्दा भाबुक भएर रुन थाले । उनका आमा–बुवा पनि आँशु थाम्न सकेनन् । ‘१५ वर्षपछि छोरासँग कुरा गर्न पाउँदा भगवानलाई नै भेटेको महसुस भयो’, विन्देश्वरले भने, ‘उनलाई खोज्न पञ्जाव पनि गएको थिए । तर खोज्न सकिन् । त्यसपछि एकजनाले एउटा बाबा कहाँ पुगेपछि ६० दिनमै छोरा भेट्छन् भनेर भन्यो, अनी बाबा कहाँ पनि पुगेपनि छोरा आएन ।’ छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशी छु– उनले थपे ।

विन्देश्वरले छोरा मनोजलाई पञ्जावबाट उद्धार गरी घर ल्याइदिन प्रशासनसँग समेत आग्रह गरेका छन् ।