७ बैशाख २०८१, शुक्रबार

गठबन्धन सरकारको नेतृत्वमा जसपाको दावी, यादव एक्लिए

jasapa 1
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेर बैकल्पिक सरकार बनाउने निर्णय गरेको २४ घण्टा नबित्दै नेपाली काँग्रेसले जनता समाजवादी पार्टी(जसपा)सित सहकार्यकालागि आइतवार गरेको छलफलमा प्रधानमन्त्रीका लागि जसपाले दावी गरेकोछ ।

गठबन्धन सरकार बनाउन जसपाको समर्थन आवश्यक छ ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच भएको छलफलमा काँग्रेसकै नेतृत्वमा सरकार बनाउने एजेण्डामा छलफल गर्नुको औचित्य नरहेको ठाकुरले तर्क गरेका थिए । हुनत काँग्रेसले बैकल्पिक सरकारको नेतृत् वगर्ने निर्णय गरिसकेको छैन् । काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा जसपा सहभागि हुनु भन्दा त्यसको नेतृत्व हामीले गर्न किन नहुने ठाकुरले पौडेललाई सोधेको स्रोतले जनाए । काँग्रेसमा रहँदा ठाकुर र पौडेल कोइराला लवीमासँगै काम गरेका थिए । ठाकुर आफ्नो नेतृत्वमा सरकार बने मात्र गठबन्धनको पक्षमा रहेका छन् ।

प्रधानमन्त्री ओली आफू हटेपछि ठाकुरलाई प्रधानमन्त्रीमा समर्थन गर्ने आश्वासन दिएका छन् ।तर ओलीसित कुनै हालतमा सहकार्य नगर्ने अडानमा रहेका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराइ पार्टीमा कमजोर भएका छन् । संघीय राजधानी काठमाण्डुमा सत्ता समिकरणका लागि सघन बैठक र छलफलहरु भै रहेका बेला यादव धनुषा जिल्लामा पूर्व समाजवादी पार्टीका नेताहरुलाई प्रशिक्षण दिन सुरु गरेका छन् । संगठनमा एक्लिएका यादव राजनीतिक छलफलमा निम्तो पाउन छाडेपछि प्रशिक्षणकालािग राजधानी बाहिरिएका छन् । ओली नेतृत्वको सरकारलाई हटाउन जसपासित हुने इतर दलहरुको बैठकमा ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई प्राथमिकतामा राखिएकोछ ।

जसपाले सरकारको नेतृत्व दावी गरिरहेको बेला प्रधानमन्त्रीका रुपमा पहिलो नाम महन्थ ठाकुर र दोस्रो नाम बाबुराम भट्टराईको आउने गरेकोछ ।प्रधानमन्त्रीको रुपमा यादव अन्य कुनै दलको ेजाइमा परेका छैनन् ।प्रधानमन्त्री ओलीले अपमानपूर्ण ढंगबाट यादवलाई मन्त्रिबाट हटाएपछि दुवै बीच तिक्तता बढेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’गठबन्धन सरकारको नेतृत्वगर्न आतुर देखिएका छन् । भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने, तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गर्ने भनेर असन्तुष्टि जनाएको उच्चस्रोतले जनाए । ठाकुरको आशय गठबन्धन सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहन्छ भन्ने थियो । ओलीसितको वार्तामा पनि ठाकुर र महतो मात्र सहभागि हुने गरेका छन् ।

प्रचण्डसित हुने छलफलमा भने यादव र भट्टराइ रहने गरेका छन् ।गठबन्धन सरकारको विषयमा भएको छलफलमा ठाकुरले जसपाको नेतृत्वमा बनाउनु पर्ने बताएको स्रोतले जनाए । जसपा सांसद राजकिशोर यादव सरकारको नेतृत्वमा आफूहरुको दाबी स्वाभाविक मान्छन् । संसदमा कुनै पनि दलको बहुमत नभएको भन्दै उनले भने, ‘जसपाको नेतृत्वमा सरकार एउटा विकल्प हो ।’ संसदको चौथो ठूलो दल हो जसपा । सबभन्दा ठूलो दल एमालेको १२१ सांसद छन् भने कांग्रेसका ६१ (निलम्बनमा परेका दुई बाहेक) र माओवादी केन्द्रका ४९ (चार जना एमाले प्रवेश गरेकाबाहेक) सांसद छन् ।

जसपाको ३२ (दुई निलम्बित बाहेक) सासंद छन् । यद्यपि सरकार गठनका लागि चाहिने बहुमत १३८ पु¥याउन एमाले वा कांग्रेस–माओवादी केन्द्र दुबै गठबन्धनलाई जसपाको साथ अनिवार्य चाहिन्छ ।