१४ बैशाख २०८१, शुक्रबार

माधव नेपालले भनेः ओलीको फूर्ती काम छैन, बहुमत मसँग छ

Madhav Nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित समानान्तर कमिटी घोषणा कार्यक्रममा उनले अध्यक्ष केपी ओलीले गुट भेला मात्र गरिरहेको आरोप लगाएका हुन् ।

उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको फूर्ती लगाइरहेको भन्दै उनले भने, ‘त्यो फूर्तीको काम छैन ।’

‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?, हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पु¥याएका हौं ।’ उनले भने, ‘संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ ।’

पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको उनको दाबी छ । नेता नेपालले प्रधानमन्त्री ओलीले विचार, पद्धति र सिद्धान्तको लडाइँबाट केपी ओलीलाई पराजित गरेरै छाड्ने बताए । ‘अहिले केपी ओली मलाई प्रचण्डको कार्यकर्ता भन्छन् । हिजो आफ्नो स्वार्थसिद्ध गर्न प्रचण्डको चाकडी गर्ने उहाँ नै होइन र ? उहाँ अरुलाई सकेसम्म प्रयोग गर्नुहुन्छ नसकेपछि लात हान्नुहुन्छ,’ उनले भने,’ ओली सबैलाई बेवास्ता र अपमान गर्ने प्रवृत्ति बोकेर हिँडेका छन् । उनीसँग भएका मान्छे पनि त्यस्तै छन् ।’

ओलीले कानुनी रूपले पार्टी कब्जा गरे पनि आधिकारिक एमाले आफूहरू भएको दाबी गरे । उनले भने, ‘हामी यसैलाई आधिकारिक मान्छौं कानुनले दिएन भने बेग्लै उपाय खोजौंला । ओलीले कानुनी रूपमा पार्टी कब्जा गर्न खोजेका मात्रै हुन् ।’