४ बैशाख २०८१, मंगलवार

नेपालमा वैदेशिक रोजगारीको पीडा: विदेशमा मृत्यु भएका १७ नेपालीको शव आइपुग्यो

sab Nepal ayo 1024x490 1

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७ जनाको शव एकैदिन नेपाल ल्याइएको छ ।

त्यसमध्ये १२ वटा शव मलेसियाबाट ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जानकारी दिएको छ ।

आइतबार मलेसियाबाट नवलपरासीका नुमबहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्रकुमार साह, महोत्तरीका देवेन्द्रकुमार यादव, गोरखाका मेघबहादुर कुँवर तथा सूर्य विकको शव ल्याइएको छ ।

त्यसैगरी, भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्ज्वल भुजेलको शव ल्याइएको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, कतारको दोहाबाट दुईवटा शव ल्याइएको छ । टर्की एयरलाइन्सबाट तीन शवको आएका छ । टर्की रोजगारीमा गएका तीन जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।