१४ बैशाख २०८१, शुक्रबार

ललितानिवास जग्गा प्रकरणमा : १७५ जनाविरुद्ध मुद्दा, यस्तो छ अख्तियारको दाबी

ciaa building

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ।

सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री गच्छदारसहित ३ मन्त्री, अख्तियारसहितका ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्यसमेत १७५ जनाविरुद्ध आरोपपत्र दायर गरिएको हो।

अख्तियारले विशेष अदालतमा बुधबार उक्त मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यो प्रकरणमा तीनजना पूर्वमन्त्रीहरु गच्छदार,डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो। बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने अभियुक्तहरुविरुद्ध मुद्दा चलाइएको कोइरालाले बताए। अख्तियार पूर्वप्रमुख आयुक्त बस्‍न्यातसहित पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा विशेषमा पुर्‍याएको हो।

अख्तियारको विज्ञप्ति : हेर्नुहोस् सूची

    सम्बन्धित समाचार...