२२ बैशाख २०८२, सोमबार

अजय देवगनमाथि कुटपिट भएको भिडियो भाइरल (भिडियो सहित)

Ebene Magazine Ajay Devgan Actor Ajay Devgan beaten to death in Delhi Find out the truth behind the viral video mr

बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फागु पर्वको दिन दिल्लीको एक पबको बाहिर झगडा भएको एक भिडियो बाहिरिए पछि भाइरल अवस्थामा छ । भिडियोमा हेर्दा झगडामा मानिसहरुले अजयलाई भकुरी रहेका छन् । तर, अजयले ट्विटरमा आफु त्यो भिडियोको मान्छे नभएको बताएका छन् । उनले त्यो कुटाइ खाने मान्छे आफु नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको खण्डन ट्वीटमा लेखेका छन्, ‘यस्तो लाग्छ कि म जस्तै देखिने व्यक्ति मुश्किलमा परेको छ । मलाई यो भिडियोसँग सम्बन्धित कयौं कल आएको छ । म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको विवादमा म सामेल छैन, ह्याप्पी होली ।’

यस बारेमा अजयका प्रवक्ताले पनि अजयमाथी भएको कुटपिट झुटो भएको बताएका छन् । उनले भनेका छन्, ‘अजय देवगनमाथि कुटपिट भएको खबर गलत हो । हामी हम न्यूज एजेन्सी र मिडियाकर्मीलाई जानकारी दिन चाहन्छौं कि उहाँ मुम्बईमा आफ्नो टिमसँग ‘मैदान, मेडे र गंगूबाई काठियाबाडी’ को छायांकनमा व्यस्त हुनुहुन्छ । उहाँ गएको १४ महिनादेखि दिल्ली जानुभएको छैन ।’

https://twitter.com/lalitkumartweet/status/1376279926207180803?s=20