१४ बैशाख २०८१, शुक्रबार

चैत्र २० सम्म विद्यालय बन्द, परिक्षा सन्चालन हुने

air quality kathmandu

सरकारले देशभरका शिक्षण संस्थाहरु भोलिदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय सहित देशका सबै शिक्षण संस्था बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेपछि विज्ञहरुले सरकारलाई विद्यालय बन्द गर्न सुझाव दिएका थिए ।

‘पूर्व-निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्’ विज्ञप्तिमा भनिएको छ ।

केही दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातारणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।

school close notice