
फाइल फोटो
तीन राउण्ड गोलीसहित तीन जना युवालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले सवारी चेकजाँचका क्रममका चालकको झोलामा गोली भेटिएको जनाए ।
चालक रत्ननगर नगरपालिका– १२ निवासी २० वर्षीय निर्मल बुढामगर रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर– ११ भोजाडबाट उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान चलिरहेको उनले जानकारी दिए ।