१६ चैत्र २०८०, शुक्रबार

काठमाडौंमा आज पनि प्रदूषण नघट्ने, भिजिविलिटी हजार मिटर मात्रै

kathmandu

 काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ । मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ । 

“विगत दुईदिनको जस्तै आज पनि वायुमा प्रदूषणको मात्रा नघट्ने देखिएको छ । सोमबार साँझसम्म यो कायम रहने छ,” मौसमविद् शान्ति कणेल भन्छिन्, “भोलि साँझबाट भने प्रदूषणको मात्रा केही कम हुने हाम्रो अनुमान छ ।”

सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी मौसमी प्रणाली भित्रिए पछि सोमबार साँझबाट प्रदूषण केही कम हुने उनको भनाइ छ । 

काठमाडौं । काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ । मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ । 

“विगत दुईदिनको जस्तै आज पनि वायुमा प्रदूषणको मात्रा नघट्ने देखिएको छ । सोमबार साँझसम्म यो कायम रहने छ,” मौसमविद् शान्ति कणेल भन्छिन्, “भोलि साँझबाट भने प्रदूषणको मात्रा केही कम हुने हाम्रो अनुमान छ ।”

सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी मौसमी प्रणाली भित्रिए पछि सोमबार साँझबाट प्रदूषण केही कम हुने उनको भनाइ छ । 

काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १५ सय मिटर छ । यो दिउँसो एक हजार मिटरमा झर्न सक्ने मौसमविद् कणेलले जानकारी दिइन् । 

“प्रि–मनसुनको समयमा पानी पर्न नसक्दा मौसम यस्तो हुन्छ । गत दुई वर्ष पनि यस्तो भएको थियो,” मौसमविद् मञ्जु वासी भन्छिन् । जाडो मौसममा पारदर्शिता ५० मिटरसम्म पनि हुन्छ तर त्यो वायुमा पानीका कणहरु भएका कारण हुने र त्यसलाई कुहिरो, कुहिरो अथवा सितलहर भनिने उनको भनाइ छ । 

सामान्य समयमा वायुको पारदर्शिता १० किलोमिटरभन्दा धेरै हुन्छ । विहान वायुको पारदर्शिता कम हुनुको कारण वायुमा पानीको कण भएकाले हुने तर दिउँसो भने प्रदूणका कारण हुने मौसमविद् मञ्जु बताउँछिन् । 

“काठमाडौं उपत्यका भएकाले माथिल्लो वायुमण्डलले तल्लो वायु मण्डललाई असर गरिरहेको हुन्छ । माथिल्लो भागमा मोस्चर छ तर तल्लो भागमा छैन । त्यसैले तलको हावा माथि जान पाउँदैन । त्यसैले तलको हावा तलै हरनुपर्दा काठमाडौंमा अहिलेको अवस्था आएको हो,” उनी भन्छिन्, “काठमाडौं उपत्यका बाहिर पनि अहिले भिजिविलिटी न्यून नै रहेको छ ।”

हावामा प्रदूषणको मात्रा उच्च रहेकाले अहिले धेरैले आँखा पोलिरहेको अनुभूत गरिहेको उनी वातावरण विभागका उप–महानिर्देशक तथा प्रवक्ता इन्दू विक्रम जोशी बताउँछन् । प्रि–मनसुनमा पानी नपर्दा यस्तो हुने गरेको उनको भनाइ छ । 

काठमाडौंमा डिजेल, मट्टीलेत, प्लाष्टिक बाल्ने तथा धेरै सवारी साधनको प्रयोगका कारण वर्सेनि यो समस्या झेल्नु परेको प्रवक्ता जोशी बताउँछन् । “प्रि–मनसुनमा १० प्रतिशत मात्रै कम सवारी साधन चलाउने हो भने वायु प्रदूषण हुँदैन । सरकारले यसतर्फ सचेत हुनुपर्ने देखिएको छ ।”