२० श्रावण २०७८, बुधबार

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप, ९० जना भन्दा बढीको मृत्यु

myanmar
फाइल फोटो

म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ ।

सञ्चार माध्यमहरुकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् । तर चुनाव कहिले हुन्छ भन्ने खुलाएनन् । सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।