१४ बैशाख २०८१, शुक्रबार

भारतमा फेरि कोरोना जोखिम बढेपछि धमाधम घर फर्कन थाले, सुदूरपश्चिमका सीमा नाकामा भिड !

indain bodar file photo
फाइल फोटो

भारतका विभिन्न सहरहरुमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि भारत गएका सुदूरपश्चिमेलीहरु पनः घर फर्किन थालेका छन । अघिल्लो बर्ष कोरोनाको त्रासले घर फर्किएका सुदूरपश्चिमेलीहरु घरमा वेरोजगा भएर बस्नु परेको भन्दै फेरि भारत गएका थिए । तर अहिले भारतमा कोरोनाको दोस्रो चरण महामारी फैलिन थालेपछि उनीहरु घर फर्कन थालेका हुन ।

एक हप्ता भन्दा अगाडी भारत जानको लागि कैलाली र कञ्चनपुरका सिमा नाकामा लाईनमा बस्दै आएका नेपालीहरु अहिले भारतबाट स्वदेश फर्कन लाइनमा बस्दै आएका छन । भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन् ।

कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ । कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् । सीमा क्षेत्रमा पछिल्लो एक हप्तादेखि घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ ।

कोरोनाका कारण लकडाउन हुने हल्लापछि भारतबाट फर्किने नेपालीको संख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्कने नेपालीहरुको एन्टीजेन परिक्षण गर्न समेत निर्देशन दिएको छ । भने कोरोना संक्रमण देखिएका व्यक्तिका लागि आइसोलेसनको व्यवस्था गर्न भनिएको छ ।