१५ चैत्र २०८०, बिहीबार

अजिताको हत्यामा संलग्‍न पाँचजना १८ दिनपछि पक्राउ,हराएको मोबाइलले पत्ता लगायो हत्यारा

Ajita Bhujel murder

आरोपी १८ दिनमा पक्राउ

गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

मृत अवस्थामा फेला परेकी भुजेलको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको १८औँ दिनमा हत्यामा संललन भएको भन्दै पाँचजनालाई सार्वजनिक गरेको हो

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा ११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ की २४ वर्षीय आशिष बल, हेटौंडा १४ बस्ने २१ वर्षीय बुद्ध लामा , हेटौंडा ९ का १८ वर्षीय सिमोन परियार र हेटौंडा ४ का २५ वर्षीय शुसिल थापा मगरलाई सार्वजनिक गरेको हो।

हेटौंडा ११ थानाभ्‍याङमा सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रक मृतक अजितासँग हत्यामा संग्लन ४ जनाले यौन सम्पर्क गर्ने सहमति गरेको अनुसन्धानमा खुलेको छ, मकवानपुर प्रहरी प्रमुख शुसिलसिं राठौरले भने,

ajita

सात हजार नहुँदा हत्या

अजितासँग हत्यामा संलग्न चारजनाले यौन सम्पर्क गर्ने सहमति गरेका थिए। सात हजार रुपैयाँमा (डिल) भएको थियो। अजिताले आफ्नो स्कुटर साईड लगाई ट्रक चढेकी थिइन्, ट्रकका सहचालक रहेका परियारसहित क्याबिनमा चारैजनाले यौन सम्पर्क गरेपछि अजितासँग भएको सहमतिअनुसार सात हजार रुपैयाँ चारजनाले नदिएपछि विवाद भएको उनले बताए।

अजिताले पैसा नलिइ नछोड्ने भनेपछि विवाद हुँदा बिजुलीको तारले घाँटी कसेर हत्या गरी हेटौंडा ६ क्याम्डाडामा सडक किनारमा फालेको पत्ता लागेको छ ।

हत्यामा संग्लन हुनेलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कसुर गरेको हुँदा जन्मकैद समेत हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

अजिताले बोक्ने मोबाइल अन भएपछि प्रहरीलाई अनुसन्धामा सहयोग भएको छ । अजिताको हराएको ओप्पो मोबाइल हत्यामा संलग्न परियारले बुद्ध लामालाई दिएको र बुद्ध लामाले साथी आशिषलाई दिएको अनुसन्धानबाट पत्ता लाग्यो, मकवानपुर प्रहरी प्रमुख राठौरले भने, आशिषले आफ्नी श्रीमती एलिसालाई दिएपछि मोबाइल अन भयो र हामीले अनुसन्धानलाई त्यसतर्फ केन्द्रित गर्‍यौं । उनका अनुसार घटनामा संलग्न २ जना फरार रहेका छन्।

तेस्रो लिङ्गीको हकहितमा काम गर्दै आएको संस्था निलहिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरको छ।

    सम्बन्धित समाचार...