१३ बैशाख २०८१, बिहीबार

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु

bike acc

सिरहाको नरहा गाउँपालिका–२ पानवारी चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ६प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स८प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिका–४ निवासी २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका निवासी २५ वर्षीय गुरुदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी पाँच घाइते भएको र उनीहरू सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।