१३ बैशाख २०८१, बिहीबार

देशभर विस्तारै बढ्दै कोरोना संक्रमित संख्या, काठमाडौंमा ७६ संगै देशभर थपिए १८८ सङ्क्रमित

corona virus graph

देशभर पछिल्लो २४ घण्टामा थप १८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यस सँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ ।

निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहकेको छ । गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । अहिले देशभर एक हजार १२८ सक्रिय सङ्क्रमित छन् ।

उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् । ‘हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० को पिसीआर परीक्षण भएको छ ।