
फाइल फोटो
कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। अहिले मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्।
ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।