७ बैशाख २०८१, शुक्रबार

चितवनमा फेरी कोरोनाको जोखिम, भिडभाड हुने सभा सम्मेलन र कार्यक्रम गर्न प्रशासनको रोक

cdo chitwan

नेपालमा कोरोना (कोभिड १९) को जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ । केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आज विज्ञप्ती जारी गर्दै जिल्लामा उच्च शतर्कता अपनाउन आग्रह गरेका हुन ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ । जिल्लामा सभा,जुलुस,¥याली,भेला,जमघट,गोष्टी जस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दुरी कायम गर्न तथा मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यसबर्षको होली पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।

cdo office 540x510 1