१६ चैत्र २०८०, शुक्रबार

फिल्म “के घर के डेरा”को घोषणा

k ghar k dera

सुब्रतराज आचार्यको निर्देशनमा बन्ने फिल्म “के घर के डेरा”को राजधानिमा एक कार्यक्रम गरी घोषणा गरिएको छ । चैत्रको पहिलो साताबाट छायाँकन गरिने र आउँदो बर्ष २०७७ सालको तिजको छेकोमा प्रदर्शन गरिने फिल्ममा दयाहाङ राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्र झा र बाल कलाकार आरसिना भट्टराई लगायत कलाकारहरुको अभिनय रहने छ । समसामायिक कथामा बन्ने फिल्मको छायाँकन काठमाडौमा नै गरिने भएको छ ।

k ghar k dera team

शुभलभ फिल्मस एशोशियन र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको राजिब श्रेष्ठ र किरण महर्जन कार्यकारी निर्माता, सिङगे लामा सह निर्माता, यम प्रसाद ओली छायाँकन,दिर्घ बिर गुरुङ र मित्र डि गुरुङ सम्पादनमा रहेका छन्। फिल्मको घोषणा कार्यक्रममा फिल्मका निर्माण टिमले फिल्म राम्रो बनाउनका लागि कुनै कसर बाँकि नराख्ने कुरा बताएका थिए ।