१५ चैत्र २०८०, बिहीबार

देशमा चार कोभिड सङ्क्रमितको मृत्यु, ११२ सङ्क्रमित थपिए

covid patient dead body
फाइल फोटो

पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १६ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेशनमा छन् ।