१६ चैत्र २०८०, शुक्रबार

कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म

birth

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो ।

उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको .शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिनुभयो । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो । अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले आज जानकारी दिनुभयो ।

एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्क्रमितले शिशु जन्माएकी थिइन् । ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।