१३ बैशाख २०८१, बिहीबार

‘कृष्ण–लीला’ को ट्रेलरमा झल्कियो सस्पेन्स लभ

maxresdefault 5

नयाँ बर्ष ०७८ को अबसरमा चैत्र २७ मा प्रदर्शन हुन लागेकोप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । युट्युव च्यानल साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको ट्रेलरमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र, झा, नवीन रेग्मी, भावना गुरुङलगायतका फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोहअबरोह,रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केबल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता छन् ।

दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप प्रदर्शन गर्न लागीएको ‘कृष्ण–लीला’ ले कोरोनाका कारण ठप्प रहेको फिल्मी बजारलाई तताउने आश गरिएको छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्रीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्र,नवीन,भावनाका साथमा हिउँवाला गौतम,बालकलाकार आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यले अभिनय गरेका छन् ।