८ बैशाख २०८१, शनिबार

महिलासँग होटलमा भेटिएका बैतडीका वडाध्यक्ष छुटे, छलफल गर्न बसेको बयान

pakrau wodaa

महिलासँग शंकास्पद रुपमा भेटिएका दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरा प्रहरी नियन्त्रणबाट छुटेका छन्।

वडाअध्यक्ष महरा र एक स्थानीय महिला गएराति ३ बजेतिर खोचलेक बजारको एक होटेलमा फेला परेका थिए। वडाध्यक्षलाई उनकै श्रीमतीले होटेलको कोठामा महिलासँग रहेको र नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसपश्चात प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुले प्रहरी केस नगर्ने भनेपछि छुटेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। ुतीनवटै पक्षसँग जिल्ला प्रहरी कार्यालयमै छलफल गर्‍यौं,ु उनले भने, ‘वडाध्यक्ष, उहाँकी श्रीमती, छोरा र सँगै भेटिएकी महिलाले सहमति गरेर प्रहरी केस गर्दैनौं भने, त्यसपछि हामीले छाड्यौं,’ उनले भने।

पार्टीको काम र विद्यालयको विषयमा छलफल गर्न सँगै बसेको वडाअध्यक्ष र महिलाले प्रहरीसमक्ष बताएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। महरा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।