८ बैशाख २०८१, शनिबार

चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने

cut elecatry

चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२÷३३÷११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८:०० देखि साँझ ६०० बजेसम्म विद्युत् कटौती हुनेछ ।

विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नर्सरीलाई मात्रै नगरपालिकाले खाजाको व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताउनुभयो ।

दिवा खाजामा महिनाको एक दिन सो विद्यालयमा मासु पुलाउको समेत व्यवस्था गरिएको छ । त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलो तालिका बनाएर दिइने गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो । मासु पुलाउ तालिकामा नभए पनि महिनाको एक दिन दिइएको छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कूल विद्यार्थी ६५७ छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएका छन् । त्यसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि कम्प्युटर कक्षा वृद्धि, ५ कक्षासम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म गणित तथा विज्ञान अङ्ग्रेजी माध्यमबाट पढाइ, निगरानी, अनुगमन, शैक्षिक परामर्श, अभिभावक भेला, नर्सरीदेखि कक्षा ५ सम्म एउटा कक्षा प्रोजेक्टरको माध्यमबाट सिकाइ हुँदै आएको छ ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । “सामुदायिक विद्यालयको नजिता क्रमशः सुधार हुँदैछ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “सबै जिम्मेवार भए निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ ।”