१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको गीत ‘स्वदेशमै रोजगारी’ उत्कृष्ट ५ मा

kp oli award 768x513 1

प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत नोमिनेशनमा परेको छ । उनले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको हो । सार्वजनिक अवार्डको ५३ विधाको नोमिनिज सूचीमा ओलीको गीत राष्ट्रिय भावको गीत उत्कृष्ट पाँचभित्र छनोटमा परेको हो ।

हिजो प्रधानमन्त्री ओलीले आफ्नो गीत उत्कृष्ट पाँचभित्र परेको प्रमाणपत्र आफ्नै कार्यलयमा बुझेका छन् । प्रधानमन्त्रीलाई प्रमाणपत्र दिनका लागि फिल्मकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको थियो । उक्त गीतलाई मेलिना राईलेगाएकी छन् भने शान्तिराम राई संगीत सुन्न सकिन्छ ।