१४ बैशाख २०८१, शुक्रबार

हिन्दु महासभाका प्रदेश अध्यक्षको गोली हानी हत्या

murder gorakhpur lucnow

गोली लागेर भाइ पनि गम्भीर घाइते

उत्तरप्रदेशको राजधानी लखनउमा अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्षको दिनदहाडै गोली हानेर हत्या गरिएको छ।

राजधानी लखनऊ नजिकैको हजरतगन्जमा रणजीत बच्चनको हत्यापछि सनसनी फैलिएको छ। यो घटनामा रणजीतका भाइलाई पनि गोली लागेको छ। यो घटनापछि लापरवाही गरेको भन्दै चौकी इन्चार्जसमेत चार पुलिसलाई निलम्वित गरिएको छ। मामिलाकव जानकारी लगत्तै अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष राजीव कुमार आशीष घटना स्थल पुगेका छन्।

यस क्रममा उनले पार्टीमा रणजीत बच्चन लामो समयदेखि कार्यकारी अध्यक्ष रहेको बताए । उनी हाल अखिल भारतीय हिन्दू महासभाका अध्यक्ष थिए। राजीव कुमारका अनुसार रणजीतको हत्या अघि कमलेश तिवारीको हत्या भएको बताए। उनका अनुसार भारतमा हिन्दुहरुमाथि निरन्तर आक्रमण भइरहेको छ। आफूहरुको ज्यान पनि खतरामा परेको उनले बताए।

सरकाले हिन्दु नेताको सुरक्षा गर्न नसकेको आरोप पनि उनले लगाए। हत्यारालाई तत्काल गिरफ्तार गर्न उनले माग गरेका छन्। लगातार भइरहेको हिन्दु नेताको हत्यापछि पुलिसमाथि पनि प्रश्न उठिरहेको छ। जानकारी अनुसार आइतवार बिहान करिब ६ बजे हिन्दु महा सभाका अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ वाकमा निस्केका थिए।

हजरतगन्ज इलाकामा सीडीआरआई नजिकै मोटरसाइकलमा सवार समूहले उनीमाथि गोली बर्साएका थिए। शिरमा कयौँ गोली लागेका उनको घटनास्थलमै ज्यान गएको छ। दाजुलाई जोगाउन खोज्दा भाइलाई पनि गोली लागेको छ। घटना लगत्तै गोली हान्‍नेहरु भागेका छन्। घटनास्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको छ। शवलाई अहिले पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। रणजीत बच्चन हजरतगन्जको ओसीआर भवनस्थित बी ब्लकमा बस्दथे। उनी गोरखपुरका मूलबासी थिए। रन्जीत समाजवादी पार्टीको सांस्कृतिक कार्यक्रम पनि गर्थे। एजेन्सी

    सम्बन्धित समाचार...