१२ बैशाख २०८१, बुधबार

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनालले बहिष्कार गर्ने

kp oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बालुवाटारमा बस्नेछ । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए ।

एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि (बिहीबार) बिहान ११ बजे बैठक बोलाएका हुन् । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।