१४ बैशाख २०८१, शुक्रबार

सौगात मल्ल स्टार फिल्म ‘मन्त्र’को फस्टलुक सार्वजनिक

mantra

भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टार फिल्म ‘मन्त्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

खिल बहादुर गुरुङ निर्देशित यस फिल्मको पोस्टरमा कुनै कलाकारहरुलाइ स्थान दिइएको छैन । पोस्टरमा हिमालि भेगमा भारि बोकेर हिडिरहेको याकलाइ देखाइएको छ ।

हिमालि भेगमा बस्ने युवा युवतिबिचको प्रेमकथा प्रस्तुत गरिएको फिल्ममा सौगात र दियासँगै बुद्धि तामाङ नमिता घिसिङ बिर बहादर लामा लगायतको अभिनय रहेको छ । अ हिमालयन लबस्टोरी उपशिर्शक दिइएको फिल्मको रिलिज मिति तय गरिएको छैन भने चाडै फिल्मको ट्रेलर सार्वजनिक गरिने कुरा जानकारी गराइएको छ ।

यस फिल्ममार्फत सौगात र दिया पहिलोपटक जोडि बाधिदैछन । जनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन । त्यसैगरि सँगितमा शम्भुजित बास्कोटा र सन्तोष सुनार छायाँकनमा सँजय लामा सम्पादनमा मित्र डि गुरुङको रहेको छ ।