१३ बैशाख २०८१, बिहीबार

नेता-कार्यकर्ताहरुलाई गुटगत भेलामा सहभागी नहुन निर्देशन, भेलामा गए कारबाही गर्छौं

oli teamm

एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गते कुनैपनि भेला आयोजना नगरेको जनाउनु भएको छ । महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

उहाँले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पस्ट गरिन्छ ।’

एमालेको नेपाल खनाल पक्षले एमाले पूर्ववत् अवस्थामा फर्किएको सर्वोच्चको फैसलापछि एकलौटी ढंगले विधान संशोधन तथा पार्टी विधानविपरीत पार्टी विभाजन गर्ने मनसायले नेताहरुको जिम्मेवारी खोस्दै अन्यलाई जिम्मेवारी दिएको विरोधमा भोलिबाट २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलाबाट साझा धारणा तय गर्ने र सोही अनुसार अघि बढ्ने सो समुहको तयारी छ । त्यसको पुर्व सन्ध्यामा ओली समुहले भने त्यसको विरोध गर्दै एमालेले कुनै भेला नगरेको जनाएको हो ।

161509627 1553399344859023 1808015723043094525 n