१२ बैशाख २०८१, बुधबार

अनुशासनहीन गुटगत भेलामा सहभागी नहुनु : महासचिव पोखरेल

CPN UML party office

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाउनुभएको छ ।

एमालेको झलनाथ–माधव समूहले आज पत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो । महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न-नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता-कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ । “अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।

161509627 1553399344859023 1808015723043094525 n