१२ बैशाख २०८१, बुधबार

वामदेव गौतमको सुझाव: माओवादीसहितको वाम सरकार नै बनाउनुपर्छ

bamdev gautam
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष तथा एमाले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्र सहितको वाम सरकार नै बनाउनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वाम सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी लिनुपर्ने उनको तर्क छ । ‘प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस् । वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ’ गौतमले भनेका छन् ।

नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकता गर्न नसके पनि संयुक्त मोर्चामा ल्याउन आफू सफल हुने नेता गौतमको जिकिर थियो । साथै अदालतको फैसलापछि पनि आफ्नो अभियान नरोकिने उनले बताए ।

नेता ओली र माधव नेपालबीच संवाद सुरु भइसकेको प्रसंग कोट्याउँदै एमाले एकताबद्ध बनाउन ओलीकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।