१९ बैशाख २०८१, बुधबार

सर्वदलीय बैठक सुचारु, खनाल, नेपाल र भट्टराई अनुपस्थित

shital niwas

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक साढे ४ बजेदेखि शितल निवासमा सुचारु रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी रहेका छन्। साथै सरकारका तर्फबाट प्रधानमन्त्री ओली, उप प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको उपस्थीती रहेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु बैठकमा सहभागी रहेका छन् तर जसपाका नेता बाबुराम भट्टराई र एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी भएका छैनन् ।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए अनुसार स्वास्थ्य समस्या देखिएपछी भट्टराई बैठकमा सहभागी हुन नसकेका हुन । उनी दिउँसो साढे २ बजे जसपाको पदाधिकारी बैठकमा पनि अनुपस्थित रहेका थिए ।