१३ बैशाख २०८१, बिहीबार

दुल्लू नगरपालिकामा भु–उपयोग योजना बनाइने

satellite dailekh

जिल्लाको दुल्लू दुल्लू नगरपालिकामा भु–उपयोग योजना बनाइने भएको छ ।

सोमबार दुल्लु नगरपालिकामा जोखिम संवेदनशील भु–उपयोग योजना तयारी सम्वन्धी सरोकारवाला संग छलफल तथा अभिमुखीकरण भएको छ । दुल्लू नगरपालिकासंग दुल्लू नगरपालिकाको आयोजना र युएसएआइडी तयार नेपालको विपद जोखिम ब्यवस्थापन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जोखिम संवेदनशील भु–उपयोग योजना सम्वन्धी सरोकारवाला विच छलफल गरिएको तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतील नेपाल घटनालाई जानकारी दिए ।

दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमाम युएसएआइडी तयार नेपालका गतिविधी, भु–उपयोग योजना तयार गर्नका लागि युएसएआइडी तयार नेपालले गरेको प्रयास र कार्यक्रमको वारे तयार नेपालका विपद जोखिम न्युनीकरण ब्यवस्थापन विज्ञ चन्द्रा हाडाले प्रकास पारेका थिए । कार्यक्रमा बहु प्रकोप जोखिम आँकलन तथा मुल्याङ्कन गरी त्यसको नतिजाको आधारमा हाल भईरहेको विद्ययमान शहरीकरणको विश्लेषण गरी दुल्लू नगरपालिकाको भु–उपयोग योजना तयार गरिने तयार नेपालले जनाएको छ ।

तयार नेपालका अनुसार वाढी,पहिरो, आगलागि, तथा भुकम्पिय प्रकोपको विश्लेषण, आर्थिक तथा मानविय क्षेत्रमा पार्ने प्रभावको आधारमा भु–उपयोग योजना तयार गरिने छ । नगरपालिकाको जोखिम संवेदनशील प्रोफाइल ,२० वर्षे भु–उपयोग योजना , भु–उपयोग निती, भु–उपयोग योजना तथा भवन मापदण्ड, भु–उपयोग लागु गर्नको लागि विद्ययमान कानुन तथा निती अन्तर्गत रहेर संस्थागत संरचनाको खाका निर्माण गरिने छ ।

छलफल कार्यक्रमा बोल्दै दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले नगरपालिकामा नयाँ वस्ती र नमुना वस्ती निर्माणको लागि भु–उपयोग निती आवश्यक भएकोले निती तयार गर्न लागेको बताए । उनले भने दातृ निकायले आयोजना निर्माण गर्दा नगरपालिकाको आन्तरिक आय बृद्धि हुने खालका योजना छनौट गर्न आफुले सुझाब दिएको जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा दुल्लू नगरपालिकाकी उपाध्याक्ष विष्णु थापा , प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल, नेकपा एमालेका प्रतिनिधी रुद्र शाही, नेपाली काँग्रेसका नगर सभापती टंक रिमाल , नेमकिपाका नगर अध्यक्ष मदन भण्डारी , राप्रपाका नगर अध्यक्ष लोकेन्द्र गिरी लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।