११ बैशाख २०८१, मंगलवार

अवार्ड दिन गएकी अभिनेत्रीले स्टेजमै कपडा खोलिन

france actor scaled

फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्‍याउनका लागि सार्वजनिक पुरस्कार समारोहमा सबै कपडा उतारेकी छन् । 

कोरोना महामारीका कारण बन्द रहेका फिल्म हल र सांस्कृतिक प्रदर्शनस्थल खोल्न माग गर्दै फ्रान्समा एक नायिकाले नग्न विरोध गरेकी छिन्।

कोरेन मासिरो नामक ५७ वर्षीया ती अभिनेत्रीले सीजर अवार्ड समारोहमा स्टन्ट गरेकी हुन् । उनले कला र संस्कृति जोगाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै उनले कपडा खोलेकी हुन् ।

त्यहाँ ​ओस्करसरह मानिने सेसर अवार्ड्समा पुगेकी ५७ वर्षीया नायिका कोरिन मासियरोले अवार्ड्स समारोहमा रगत लत्पतिएको लुगा पहिरिएर गधाको मुखौटो लगाएकी थिइन्‌। पछि उनले ती दुवै खोलिन् । फ्रान्समा लामो समयदेखि सिनेमाघरहरू बन्द छन् र धेरै कलाकारहरू सरकारको निर्णयबाट असन्तुष्ट छन् ।

मासिरोलाई बेस्ट कस्ट्युमको पुरस्कार दिनका लागि मञ्चमा बोलाइएको थियो । तर उनले कपडा खोलेर सबैलाई आश्चर्यचकित पारिन् । उनको शरीरमा सन्देश पोतिएको थियो, ‘संस्कृति नभए केही पनि हुँदैन ।’

उनले पिठ्युँमा फ्रान्सेली प्रधानमन्त्री जीन कास्टेक्सलाई सम्बोधन गर्दै  ‘हामीलाई कला फिर्ता देउ, जीन!’ लेखेकी थिइन्‌। बाहिरी पोसाकमा पनि उनले ‘संस्कृति नभइ भविष्य छैन’ लेखेकी थिइन्‌।

नायिकाले गरेको विरोधप्रति अन्य कलाकारले पनि समर्थन जनाएका थिए। पुरस्कार ग्रहण गर्दै स्टेफेन डेमस्टियरले आफ्ना छोराछोरी कपडा पसल जान पाइरहेको, तर सिनेमा हेर्न जान नपाएको बताए।

गत डिसेम्बर महिनामा सयौं कलाकार, फिल्म निर्देशक, संगीतकार, फिल्म समीक्षक तथा अन्य सेलेब्रिटीले पेरिसमा सरकारविरोधी प्रदर्शन गरेका थिए । सिनेमा हल तथा थिएटर खोल्नका लागि उनीहरूले माग गरेका थिए ।