११ बैशाख २०८१, मंगलवार

तलववृद्धिको माग गर्दै हजारौंको प्रदर्शन फ्रान्समा, ११ जना प्रदर्शनकारी पक्राउ

france

फ्रान्समा तलबवृद्धिको माग गर्दै प्रदर्शन शुरु भएको छ ।

उच्च मुद्रास्फीति र महंगीअनुसार तलववृद्धिको माग गर्दै कालो पहिरन लगाएर सडकमा उत्रिएर हजारौं व्यक्तिहरूले प्रदर्शन सुरु गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । ११ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको सरकारले जनाएको छ ।

विभिन्न मजदुर युनियनले तलबवृद्धिको माग र प्रतिपक्षी दलहरुले सरकारविरुद्ध हिजो आह्वान गरेको राष्ट्रव्यापी हड्तालका कारण फ्रान्सभर सार्वजनिक यातायात, विद्यालय, ऊर्जा र इन्धन प्रशोधन केन्द्रहरू प्रभावित भएका छन् ।

मजदुर युनियनहरूको राष्ट्रव्यापी हड्तालका कारण क्षेत्रीय रेलहरूको सङ्ख्या करिब आधाले कटौती गरिएको थियो ।