७ बैशाख २०८१, शुक्रबार

‘सूर्यवंशी’ बैशाख १७ मा रिलिज गर्ने घोषणा

Akshays Suryavanshi will not release on April 2

बलिउड फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन आगामी बैशाख १७ गतेलाई घोषणा गरिएको छ । फिल्मलाई रोहित सेट्टीले आफ्नो ४८औं जन्मदिनको अवसर पारेर ३० अप्रिल (बैशाख १७) लाई रिलिज गर्ने घोषणा गरेका हुन् । अभिनेता अक्षय कुमार र अभिनेत्री कैटरीना कैफ अभिनित फिल्म हो । जसका कारण यो फिल्म अहिले चर्चामा छन् ।

फिल्मको प्रदर्शन घोषणा गर्दै रोहितले फिल्मको प्रतिक्षा गरेकोमा आफ्ना फ्यान तथा शुभचिन्तलाई धन्यबाद दिएका छन् । उनले सामाजिक स१जालमा लेखेका छन्, ‘प्रिय दर्शक र मेरा स्टारका फ्यान क्लब । म जान्दछु कि तपाईंहरुले पूरै एक वर्ष ‘सूर्यवंशी’ को रिलिजको प्रतिक्षा गर्नुभयो र हाम्रो लागि योभन्दा ठूलो खुसी हुन सक्दैन कि हाम्रो फिल्म ३० अप्रिल २०२१ मा सिनेमा घरमा रिलिज हुँदैछ ।’

यस फिल्ममा अक्षय र कैटरीनाका साथ अभिनेता अजय देवगन र रणवीर सिंह पनि रहेका छन् । रोहित सेट्टीको ‘सूर्यवंशी’ कप सिरिजको चौथो फिल्म हो । फिल्म गत वर्ष नै प्रदर्शनमा आउने भनिएता पनि कोरोना कहरका कारण रिलिज मिति सरेको थियो ।