१४ बैशाख २०८१, शुक्रबार

लब डायरिज नेपालसँगै अष्ट्रोलियामा पनि

love diaries 1

नव निर्देशक सौरभ चौधरिको निर्देशनमा बनेको फिल्म लब डायरिज नेपालमा फागुनको २ अर्थात प्रेम दिबसको दिनबाट प्रदर्शनमा आउदैछ भने शोहि दिनबाट अष्ट्रोलियाको मेलबर्नस्थित चाइना टाउन सिनेमामा प्रदर्शन हुने कुरा फिल्मका निर्माण टिमले जानकारी दिएका छन । र अन्य देशहरुसमेत बाट फिल्मको उच्च माग भइरहेको कुरा पनि बताएका छन ।

लबस्टोरी जनरमा बनेको फिल्मको ट्रेलर सँगै सुनेउ कि सुनेउ न र छम छम बोलको गित सार्वजनिकसँगै चर्चामा रहेको छ ।

सार्वजनिक भएको ट्रेलरमा माया प्रेम साथै बिछोडलाइ प्रस्तुत गरिएको छ । इसटर इन्टरटेन्मेन्टको व्यानरका निर्माण भएको फिल्मको निर्माण टिम फिल्मको रिलिज मिति नजिकिएसँगै प्रचारमा ब्यस्त रहेका छन । फिल्ममा शुशिल श्रेष्ठ , रुविना थापा, विश्वजित रिमाल , विष्णु सापकोटा लगायताको अभिनय रहेको छ ।

त्यसैगरी फिल्मको निर्मातामा बिनोद सापकोटा सह निर्मातामा सरोज तुलाधार रहेका छन । भने छायाँकनमा सन्जय लामा र सम्पादन दिर्घ खडका र मिलन श्रेष्ठको रहेको छ । र यस फिल्मलाइ बितरकको जिम्मा उपत्यकामा रिच इन्टरटेनमेन्ट अन्तर्गत करण श्रेष्ठले र उपत्यका बाहिर जिजिए ग्रुप र एफडि कम्पनिले लिएका छन ।