४ बैशाख २०८१, मंगलवार

बीर गोर्खालिको कथामा गोर्खा वरियर बन्ने

gurkha warrior

फिल्म बिर बिक्रमको रिलिजपश्चात फुर्सदमा रहेका निर्देशक मिलन चाम्सले गोर्खा वरियर नामक फिल्मको निर्देशन गर्ने भएका छन ।

बीर गोर्खालिको कथामा बन्ने फिल्ममा दयाहाङ राई प्रशान्त तामाङ बर्ष शिवाकोटी बुद्धि तामाङ बिजय लामा माओत्से गुरुङ कबिता पुन र हलिउडका कलाकारहरुको समेत अभिनय रहने छ । लण्डन सिने आइको ब्यानरमा बन्ने फिल्मको कथा प्रदिप भारद्धवाजको रहने छ ।

फिल्मको छायाँकन चाडै सुरु गरिने भएको छ । भने फिल्मको प्रचार अहिलेबाट नै लण्डनमा डबल टेकर बसमा पोस्टर टालेर प्रचार सुरु गरिएको छ । अग्रेजि र नेपाली दुबै भाषामा निर्माण गरिने फिल्मको ५० प्रतिशद हलिउड प्राबिधिकहरुले काम गर्नेछन ।

युके अफगानिस्थान र नेपालमा छायाँकन गरिने फिल्म २० करोडको लगानिमा निर्माण गरिने बुझिएको छ । नेपाली फिल्मलाइ अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि यस फिल्मले ठुलो सहयोग पुग्ने निर्देशक चाम्सले बताएका छन ।

सन २०२१ मा बिश्वभर प्रदर्शन गरिने फिल्मको बिश्व प्रिमियर लण्डनमा दश हजार दर्शक भेला गराइएर गरिने योजना गरिएको छ । यसै फिल्मबाट नव अभिनेता नितेश चाम्सले डेब्यु गर्देछन भने फिल्मको लागि एक अभिनेत्रीको खोजि भइरहेको बताइएको छ । र यो फिल्म मिलन चाम्सको ड्रिम प्रोजेक्ट समेत रहेको छ ।