१४ बैशाख २०८१, शुक्रबार

बम विस्फोट अपडेट : गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

thumb bisfot

सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा गम्भीर रुपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ । अन्य ६ जना घाइतेको लहानमै उपचार भइरहेको छ ।

बम विष्फोटकाे जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले मालपोत कार्यालयमा भ्रष्टाचार भइरहेकाले बम विष्फोट गर्नुपरेकाे बताएका छन् ।