१४ बैशाख २०८१, शुक्रबार

प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती

oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनु भएको छ ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताउनु भयो ।

उहाँले अघि भन्नु भयो ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’

उहाँले सरकारबाट हटाए प्रतिपक्षमा बस्ने बताउनु भयो । उहाँले भन्नु भयो , ‘हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौं ।’