१३ बैशाख २०८१, बिहीबार

चैत ४ गते कार्यकर्ता भेला : रावल

Bhim Rawal

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ ।

सो समूहको आज यहा सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो ।

कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले बताउनुभयो ।

भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँको भनाइ छ । भेलाको संयोजनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको नेता रावलले उल्लेख गर्नुभयो ।