१३ बैशाख २०८१, बिहीबार

चलचित्र आमाको पहिलो गीत सार्वजनिक

Nepali Movie Aama

फागुनको ९ बाट प्रदर्शनमा आउने फिल्म आमाको पहिलो गीत सार्वजनिक गरिएको छ ।

मनको मैलो देखि मन्दिरसम्म बोलको गीतमा केतन क्षेत्रीको स्वर भुपेन्द्र खडकाको शब्द तथा सुवास भुसालको सँगित रहेको छ । भाबुक शैलिमा तयार भएको गीतमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन ।

दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मिथिला शर्मा सरिता गिरी देशभक्त खनाल लगायतको अभिनय रहेको छ ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्मको सार्वजनिक ट्रेलरले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ । डि एस डिजिटलको ब्यानरमा बनेको फिलमको निर्माता शर्मिला पाण्डे सह निर्मातामा सन्तोष अधिकारी र फिल्मको छायाँकन निर्देशक खनालकै रहेको छ ।

    सम्बन्धित समाचार...